एनसेलको नेटवर्कमा अपग्रेड : २०० भन्दा बढी टावरमा थ्रीजी बन्द, फोरजी र भोल्टे सेवा विस्तार
aarthiknews.com

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।
एनसेलका अनुसार गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका बर्दिया र पाल्पा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी सेवा बन्द भएपछि उक्त नेटवर्कमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।
Read full story at source (aarthiknews.com)