युक्रेनद्वारा रूसमा हालसम्मकै ठुलो हवाई आक्रमण : मस्कोसहितका क्षेत्रमा सयौँ ड्रोन प्रहार, ६ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Aug 16 09:01:36 GMT 2026

युक्रेनले रूसलाई लक्षित गरी हालसम्मकै ठुलो हवाई आक्रमण गरेको छ। युक्रेनले रूसभर सयौँको सङ्ख्यामा ड्रोन हमला गरेको छ, जसका कारण कम्तीमा छ जनाको ज्यान गएको छ।
एपीका अनुसार यो आक्रमणलाई कीभको युद्धकालीन रणनीतिमा अहिलेसम्मकै सबैभन्दा ठुलो र व्यापक हवाई आक्रमणको रूपमा हेरिएको छ। आक्रमण कति भीषण थियो भन्ने कुरा रूसको रक्षा मन्त्रालयले रातारात ८२२ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको दाबीबाट नै प्रष्ट हुन्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)