विदेशी उपाधिको समकक्षता निर्धारण आयोगले थाल्यो
bishowkhabar.com · Sun Aug 16 09:07:03 GMT 2026

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारण प्रक्रिया सुरु गरेको छ। आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरिसकेको जनाएको छ।
यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम थालेको हो। आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले साउन २२ गते पदबहाली गरेपछि साउन २५ गतेदेखि समकक्षता निर्धारणसम्बन्धी निर्णय गर्न थालिएको बताए।
Read full story at source (bishowkhabar.com)