ग्यास अभाव चर्कियो, आपूर्ति बढे पनि उपभोक्ताको लाइन घटेन
bishowkhabar.com · Sun Aug 16 09:17:14 GMT 2026

काठमाडौं– देशभर खाना पकाउने ग्यासको अभाव चर्किएको छ । खाली सिलिन्डर बोकेर उपभोक्ता पसल–पसल धाउनुपर्ने, घन्टौँ लाइन बस्नुपर्ने र ग्यास नपाई फर्किनुपर्ने अवस्था देखिएको छ ।
नेपाल आयल निगमका अनुसार पछिल्लो समय सामान्य खपतभन्दा बढी ग्यास आयात भइरहेको छ । सामान्य अवस्थामा दैनिक ८५ देखि ९० बुलेट ग्यास खपत हुने गरेकामा अहिले दैनिक एक सयभन्दा बढी बुलेट आयात भइरहेको निगमले जनाएको छ । कुनै दिन १३५ बुलेटसम्म ग्यास भित्रिएको निगमको भनाइ छ ।
Read full story at source (bishowkhabar.com)