साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
ratopati.com · Sun Aug 16 09:23:41 GMT 2026

मकवानपुर । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो।
साइक्लिङका माध्यमबाट हेटौँडासहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्द्धन गरिरहेको सोसाइटीले गोरक्षतालको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए। हेटौँडा बजारबाट चतरा जाने मुख्य सडक हुँदै करिब २० किलोमिटर पूर्वमा यो ताल अवस्थित छ।
Read full story at source (ratopati.com)