मदनका विचारलाई आत्मसात गर्दै बदलिँदो परिस्थितिअनुकूल अघि बढ्न विद्याको आह्वान
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन्।
आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय र समाजको परिवर्तनसँगै युवाहरूको सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको उल्लेख गरिन्। नेता मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै ‘जनताको बहुदलीय जनवाद’ को अवधारणा अघि सारेको उनले स्मरण गरिन्। लोकतन्त्रलाई केवल निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय र जनसहभागितासँग जोडेर अघि बढाउनुपर्ने दृढ दृष्टिकोण मदन भण्डारीले प्रस्तुत गरेको उनको भनाइ थियो।
Read full story at source (hamrakura.com)