इमाडोलको राता मकै चोकमा भायानेटको नयाँ शाखा विस्तार, प्राविधिक तथा फाइबर मर्मत सेवा पनि उपलब्ध
techpana.com · Sun Aug 16 09:20:48 GMT 2026

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा नयाँ सुविधा सम्पन्न शाखा विस्तार गरेको छ । ग्राहकको बढ्दो सङ्ख्या र सेवा आवश्यकतालाई ध्यानमा राख्दै इमाडोलस्थित राता मकै चोकमा नयाँ शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो शाखा सोमबार (१ भदौ) देखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।
नयाँ शाखाबाट इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी र ग्राहक सहायता लगायतका सेवा उपलब्ध हुनेछन् । यसका साथै शाखाबाटै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
Read full story at source (techpana.com)