आन्तरिक विवादका कारण एक महिना ढिलो कोटहीमाईको बजेट
bishowkhabar.com · Sun Aug 16 09:28:23 GMT 2026

काठमाडौं– आन्तरिक विवादका कारण चालू आर्थिक वर्ष सुरु भएको एक महिनापछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाले शनिबार सम्पन्न १९औँ गाउँसभाबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । कानुनी व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने भए पनि विवादका कारण कोटहीमाईमा बजेट प्रस्तुत हुन सकेको थिएन ।
गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले नीति तथा कार्यक्रम र उपाध्यक्ष सुशीलाकुमारी यादवले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ८८ करोड ५६ लाख ६४ हजार ९३ रुपैयाँको आय–व्यय अनुमान प्रस्तुत गरेको छ ।
Read full story at source (bishowkhabar.com)