परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत
emountaintv.com · Sun Aug 16 09:59:16 GMT 2026
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवर्तनको खोजिमा हिँडेको जनअभिमत कम्युनिष्ट दलहरुभन्दा धेरै पर पुग्ने स्थिति निर्माण हुनुको कारण नखोजिकन मुलुकको कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनु भयो । बस्नेतले जनताको असन्तुष्टि र आवश्यकतालाई सम्बोधन गर्ने विचार, राजनीतिक संस्कृति र प्रणालीबारेको बहस कमजोर हुँदै जाँदा समस्या समाधानको जिम्मेवारी व्यक्तिकेन्द्रित तर्क गर्नुभयो । उहाँले नवउदारवादको बढ्दो प्रभावले सामाजिक तथा आर्थिक असमानता र विभेद घटाउन नसकेको दाबी पनि गर्नुभयो ।
उहाँले विश्वको वर्तमान परिस्थितिले मुलुकलाई वामपन्थी वा दक्षिणपन्थी बाटोमध्ये कुनै एकतर्फ जाने अवस्था सिर्जना गरिरहेको समेत जिकिर गर्नुभयो । उहाँले वामपन्थी आन्दोलनले जनताको असन्तुष्टि र आवश्यकतालाई नयाँ दिशा दिन विचार, राजनीति र प्रणालीमाथि गम्भीर बहस गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीको सफलता र असफलताको श्रेय तथा जिम्मेवारी कुनै एक व्यक्तिलाई दिने वा एक व्यक्तिले लिने प्रवृत्तिले समेत आन्दोलन कमजोर बन्न पुगेको उहाँको बुझाई छ ।उहाँले कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त रुपमा अगाडि बढाउन दलहरुले विगतमा गरेका राजनीतिक अभ्यासहरुको मूल्याङ्कन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले २०६३ देखि २०८२ सालसम्म कम्युपनिष्ट दलहरुले मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गरेको भएपनि आम नागरिकलाई विश्वस्थ बनाउन नसकेको टिप्पणी समेत गर्नुभयो ।
Read full story at source (emountaintv.com)