हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
ratopati.com · Sun Aug 16 10:00:59 GMT 2026

काठमाडाैँ । हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन्। प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ।
पोल्यान्डको नम्बर प्लेट भएको उक्त बस हङ्गेरीको एम–३ राजमार्गमा पूर्वतर्फ गइरहेको अवस्थामा स्थानीय समयअनुसार बिहान करिब १ः०० बजे मेजोकरेसतेस सहरनजिकै सडकबाट तल खसेर खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ। उक्त स्थान राजधानी बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा पर्छ।
Read full story at source (ratopati.com)