साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
rajdhanidaily.com · Sun Aug 16 10:06:25 GMT 2026

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो ।
साइक्लिङका माध्यमबाट हेटौँडासहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्द्धन गरिरहेको सोसाइटीले गोरक्षतालको प्रचारप्रसार गर्र्ने उद्देश्यले आज साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए । हेटौँडा बजारबाट चतरा जाने मुख्य सडक हुँदै करिब २० किलोमिटर पूर्वमा यो ताल अवस्थित छ ।
Read full story at source (rajdhanidaily.com)