पहिरो प्रभावित चार जिल्लामा भौगर्भिक अध्ययन टोली पठाइने
kendrabindu.com · Sun Aug 16 10:08:06 GMT 2026

अविरल वर्षापछि आएको पहिरोबाट जनधनको क्षति भएका चार जिल्लामा सरकारले प्रारम्भिक भौगर्भिक अध्ययनका लागि टोली पठाउने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार रोल्पाको थबाङ र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिकामा भौगर्भिक अध्ययन टोली पठाइनेछ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ती क्षेत्रमा तीन दिनभित्र अध्ययन टोली परिचालन गरिनेछ।
Read full story at source (kendrabindu.com)