पाकिस्तानको सैन्य रणनीतिमा बदलाव, आणविक हतियारभन्दा परम्परागत शक्तिलाई प्राथमिकता
clickmandu.com · Sun Aug 16 10:07:24 GMT 2026

एजेन्सी । अमेरिकास्थित ‘बुलेटिन अफ द एटोमिक साइन्टिस्ट’ को पछिल्लो प्रतिवेदनले सन् २०२५ को मे महिनामा भारतसँग भएको सैन्य टकरावपछि पाकिस्तानमा आणविक अवरोधको सीमा उजागर भएको र इस्लामाबादले आफ्नो ध्यान क्रमिक रूपमा परम्परागत सैन्य शक्तिमा केन्द्रित गर्न थालेको विश्लेषण गरेको छ ।
दक्षिण कश्मीरको पहलगाममा पाकिस्तान समर्थित आतंकवादी हमलापछि भारतले अपरेशन सिन्दूर मार्फत कडा जवाफी कारबाही गरेको थियो जसले दुई आणविक शक्ति सम्पन्न छिमेकीहरूबीच गम्भीर सैन्य संकट निम्त्याएको थियो । प्रतिवेदनका अनुसार, यस द्वन्द्वपछि पाकिस्तानी रणनीतिक निकायले एउटा कठिन यथार्थ सामना गर्नुपरेको छ । त्यो के भने, आणविक हतियारका पनि सीमाहरू हुन्छन् । यी हतियारले न त संकट उत्पन्न हुनबाट रोक्न सके, न त भारतलाई पाकिस्तानको भित्री भागसम्म हवाई हमला गर्नबाट नै रोके ।
Read full story at source (clickmandu.com)