बोडेको होल्डिङ सेन्टरमा मृत भेटिएका पासवानका परिवारले शव बुझे
ratopati.com · Sun Aug 16 10:29:22 GMT 2026

काठमाडौँ। भक्तपुरको बोडेस्थित सुकुमबासी होल्डिङ सेन्टरमा मृत भेटिएका हिरालाल पासवानको शव परिवारले बुझेका छन्। सहमतिपछि परिवारले शव बुझेका हुन् ।
साउन २८ मा ५७ वर्षीय पासवान कृषि तालिम केन्द्र बोडेको होल्डिङ सेन्टरमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बारा घर भएका पासवान कोठाको फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
Read full story at source (ratopati.com)