कोलम्बियामा भूकम्प : १०० घण्टापछि तीन वर्षीया बालिका जीवितै उद्धार
ratopati.com · Sun Aug 16 10:47:50 GMT 2026

बोगोटा । कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा पुरिएको करिब १०० घण्टापछि तीन वर्षीया बालिका जीवितै उद्धार भएकी छन् । उद्धारकर्मीहरूले भूकम्प गएको चार दिनपछि भग्नावशेषबाट उनलाई जीवित निकाल्न सफल भएका हुन्।
भूकम्पपछि जीवित उद्धारका लागि महत्त्वपूर्ण मानिने ७२ घण्टाको अवधि पार गरिसकेपछि बालिका जीवित भेटिनुलाई उद्धार टोलीले आशाको महत्त्वपूर्ण सङ्केतका रूपमा लिएको छ। उनका साथै ७५ वर्षीय एक वृद्धलाई पनि भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।
Read full story at source (ratopati.com)