‘टक्सिक’ का बोल्ड दृश्यपछि श्रीमती राधिकासँग डराए यश ?
kalakarmi.com · Sun Aug 16 10:51:28 GMT 2026

मुम्बई – दक्षिण भारतीय सुपरस्टार यश आफ्नो बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ का कारण यतिबेला चर्चामा छन् । फिल्ममा उनले कियारा आडवाणी र तारा सुतारियासँग केही अन्तरंग तथा बोल्ड दृश्य दिएका छन् । यिनै दृश्यबारे बोल्दै यशले आफ्नी श्रीमती राधिका पण्डितको सम्भावित प्रतिक्रियाबारे पनि खुलेर धारणा राखेका छन् ।
यशले अनस्क्रिन अन्तरंग दृश्य हेर्दा कुनै पनि जीवनसाथीलाई असहज महसुस हुनु स्वाभाविक रहेको बताए । उनले राधिका त्यस्ता दृश्य देखेर धेरै खुसी नहुन सक्ने स्वीकार गरे पनि, उनले आफ्नो पेशाको आवश्यकता बुझ्ने र आफूमाथि पूर्ण विश्वास गर्ने विश्वास व्यक्त गरे ।
Read full story at source (kalakarmi.com)