कम्युनिस्ट नेतृत्वको सरकार अपदस्थ हुनुपर्ने अवस्थाको गम्भीर समीक्षा हुनुपर्छ : शंकर पोखरेल
ratopati.com · Sun Aug 16 11:02:35 GMT 2026

काठमाडौँ । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीकै नेतृत्व रहेको बेला सरकारबाट अपदस्थ हुनुपरेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले यो यथार्थलाई गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न नसक्ने स्पष्ट पारे ।
६ वटा प्रधानमन्त्री र २१ वटा मुख्यमन्त्री पाएको मुलुकमा वामपन्थी आन्दोलन कमजोर हुनु चानचुने कुरा नभएको उनको भनाइ छ । ‘नेपालको कम्युनिस्ट आन्दोलनले ६ जना प्रधानमन्त्री जन्मायो । मुख्यमन्त्रीको कुरा गर्दा २१ वटा मुख्यमन्त्री जन्मायो । ६ जना प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री जन्माएको कम्युनिस्ट आन्दोलन चानचुने होइन । कम्युनिस्ट पार्टीकै नेतृत्व रहेको बेला सरकारबाट अपदस्थ हुनुपर्यो । जनताबाट बहिस्कृत हुनुपर्यो । यो आजको यथार्थ हो’, पोखरेलले भने ।
Read full story at source (ratopati.com)