एनसेलले गोरखा, लमजुङ, बर्दिया, पाल्पा, कैलालीका स्थानमा थ्रिजी बन्द गर्दै
onlinekhabar.com · Sun Aug 16 11:02:07 GMT 2026

३१ साउन, काठमाडौं । एनसेलले चौथो पुस्ताको फोरजी सेवाको पहुँच बढेसँगै नयाँ प्रविधि अपनाउने आफ्नो योजना अनुसार देशका विभिन्न प्रदेशका थप जिल्ला तथा स्थानीय तहरुमा तेस्रो पुस्ताको थ्रिजी सेवा बन्द गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
योसँगै अब थ्रिजी चलाउने प्रयोगकर्ताले नयाँ प्रविधिको फाइदा लिन फोरजी सेवा लिन सक्छन् । कम्पनीका अनुसार भदौ १ बाट लागु हुने गरी विभिन्न जिल्लामा २०० भन्दा बढी मोबाइल टावरले प्रदान गर्दै आएको थ्रिजी सेवा बन्द हुने भएको छ ।
Read full story at source (onlinekhabar.com)