वाणिज्य बैंकहरूको नाफा बढ्यो, सुधारिएन खराब कर्जा
lokaantar.com

वाणिज्य बैंकहरू आफ्नो खुद नाफा बढाउन सफल भए पनि खराब कर्जा घटाउनमा असफल देखिएका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले खराब कर्जाको चिन्ताजनक स्थिति देखाएको हो । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले समग्रमा आफ्नो खुद नाफा करिब ३२ प्रतिशतले बढाएका छन् ।
गत आव भरी वाणिज्य बैंकहरूले ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर, बैंकहरूको खराब कर्जामा भने सुधार देखिएको छैन । एकै वर्षमा बैंकहरूको खराब कर्जा १८.१८ प्रतिशतले बढेको छ । बैंकहरूको अधिकतम खराब कर्जा १५ प्रतिशतसम्म पुगेको छ ।
Read full story at source (lokaantar.com)