पेन्टेस्टर नेपालको ‘क्याप्चर द फ्ल्याग’ ह्याकिङ प्रतियोगितामा ‘टिम प्रिज्म’ प्रथम
techpana.com · Sun Aug 16 11:07:23 GMT 2026

काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील समूह ‘पेन्टेस्टर नेपाल’को १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘क्याप्चर द फ्ल्याग’ ह्याकिङ प्रतियोगितामा ‘टिम प्रिज्म’ (Team Pri5m) विजयी बनेको छ । शनिबार सम्पन्न प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै टिम प्रिज्मले साइबर सुरक्षासम्बन्धी तोकिएका १४ वटा जटिल समस्या (च्यालेन्ज) सफलतापूर्वक समाधान गरी ५,२१९ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो ।
विजयी टिममा प्रणय निधि , सुवेग सुवाल र दीपेश गिरी रहेका छन् । प्रतियोगितामा प्रथम भएसँगै उनीहरूले १० हजार रुपैयाँ नगद पुरस्कार र डिजिटल प्रमाणपत्र प्राप्त गरेका छन् ।
Read full story at source (techpana.com)