शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने संस्थापन इतरपक्षको निर्णय
annapurnapost.com · Sun Aug 16 11:00:41 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । गत शुक्रबारबाट काठमाडौंमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए ।
भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव,एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव,डा.प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् ।
Read full story at source (annapurnapost.com)