निर्जिवन बीमा कम्पनीहरुको वित्तीय अवस्था : नाफा आर्जन २ अर्ब ७२ करोड , ११ कम्पनीको घट्यो
arthasansar.com · Sun Aug 16 11:15:10 GMT 2026

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७२ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस समीक्षा अवधिमा २ अर्ब ७२ करोड ९० लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ४ अर्ब ४३ करोड ६९ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको यसै अवधिको तुलनामा प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीको मुनाफा घटेको छ ।
यस समीक्षा वर्षमा प्रभु इन्स्योरेन्स कम्पनीले मात्रै नाफा आर्जन गर्न सफल भएको छ । सबै निर्जीवन बीमा कम्पनीको नाफा घटेको समयमा यस कम्पनीले भने नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा २४ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढेको छ ।
Read full story at source (arthasansar.com)