नेपालमा लगानीको वातावरण बनाउन ‘सिस्टम’ परिवर्तन आवश्यक : विनोद कुँवर
ratopati.com · Sun Aug 16 11:33:54 GMT 2026

काठमाडाैँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष विनोद कुँवरले नेपालमा लगानी, उद्यमशीलता र आर्थिक विकासलाई गति दिन सरकारी काम गर्ने प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन्।
चीनको ग्वाङ्झाउमा आयोजित एनआरएनएको एघारौँ एसिया–प्यासिफिक सम्मेलनअन्तर्गतको लगानी सेमिनारलाई सम्बोधन गर्दै कुँवरले नेपालमा लगानी आकर्षित गर्न केवल नीति तथा भाषण पर्याप्त नहुने बताए। लगानीकर्ताले सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न सरकारको कार्यशैली, प्रक्रिया र निर्णय प्रणालीमा सुधार आवश्यक रहेको उनको भनाइ छ।
Read full story at source (ratopati.com)