५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ जान सकिन्छ : सौरभ ज्योती
bishowkhabar.com · Sun Aug 16 11:32:56 GMT 2026

काठमाडौं– उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा औद्योगिकीकरणको प्रक्रिया तीव्र बनाउन सके आगामी ५ देखि १० वर्षमा अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन् ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा आयोजित संवाद कार्यक्रममा बोल्दै ज्योतीले नेपालमा सवारी साधनको एसेम्ब्ली उद्योग विस्तार भइरहेकाले अब पार्टपुर्जा र सामग्रीको स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए । उनका अनुसार औद्योगिकीकरणको पहिलो चरणमा विदेशबाट पार्टपुर्जा ल्याएर नेपालमै सवारी साधन जडान गर्ने र क्रमशः पार्टपुर्जाको उत्पादन स्थानीयकरण गर्दै जाने प्रक्रिया स्वाभाविक हो ।
Read full story at source (bishowkhabar.com)