लघुवित्त पीडितको चेतावनी- सहमति तत्काल कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्छौं
nepalviews.com · Sun Aug 16 11:44:42 GMT 2026

काठमाडौं । नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले तत्काल सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको हो ।
संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नविनले सहमति सकारात्मक भए पनि सरकारले कार्यान्वयन नगर्दासम्म ढुक्क हुन नसक्ने अवस्था रहेको धारणा राखे । अध्यक्ष नविनले उच्चस्तरीय शक्तिशाली छानविन समिति मार्फत लुघुवित्त तथा सम्पूर्ण वित्तीय पीडितहरुलाई न्याय दिन सरकारसँग जोडदार माग गरे । उनले नेपालका राजनीतिक दलहरु पीडितहरुप्रति जीम्मेवार नहुँदा मात्रै नभएर त्यसमा चलखेल गर्दा वित्तीय समस्याले विकराल रुप लिएको समेत आरोप लगाए ।
Read full story at source (nepalviews.com)