निसीखोलामा पहिरोले आठ घरमा क्षति, ४० घर उच्च जोखिममा
bishowkhabar.com · Sun Aug 16 11:44:28 GMT 2026

काठमाडौं– बागलुङको निसीखोला गाउँपालिकामा पहिरोका कारण आठ घरमा क्षति पुगेको छ भने ४० घर उच्च जोखिममा परेका छन् । मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा स्थानीयका घर, गोठ तथा शौचालयमा क्षति पुगेको हो। केही घरको पाली भत्किएको, छानो उप्किएको तथा घर चर्किएको वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए ।
पहिरोबाट धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ । उपल्लो बेङ्ग्रीमा गएको पहिरोका कारण बस्तीमा थप जोखिम बढेको वडा अध्यक्ष विश्वकर्माले बताए। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने भन्दै उनले जोखिममा रहेका परिवारलाई सतर्क रहन आग्रह गरेका छन् ।
Read full story at source (bishowkhabar.com)