कांग्रेसको आद्योपान्त- ‘रेड नोटिस’ जब ‘रेड कार्पेट’ बन्छ, फुट्ने-जुट्ने कुरा अब के हुन्छ ?
nepalpress.com · Sun Aug 16 11:55:38 GMT 2026

पाँच पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्केपछि सीधै गुटगत भेला–बैठकमा सहभागी भए । कांग्रेसमा गुटगत भेलालाई सामान्य रूपमा लिइन्छ । वर्तमान सभापति गगन थापाको समूहले गुटगत भेला गर्यो । विशेष महाधिवेशनसम्म गरायो । देउवा स्वदेश फर्किए नियमित महाधिवेशनमा जानुपर्छ भनेर अर्को भेला गर्यो । दुवै पक्षमा एउटा समानता देखियो– अब नियमित महाधिवेशन गर्नुपर्छ ।
जेन–जी आन्दोलनपछि कात्तिक १० गते सिंगापुर पुगेका देउवा दम्पती कात्तिकको अन्तिम साता अर्थात् कात्तिक २८मा स्वदेश फकिए । तीन महिना नेपाल बसेर चुनावको सम्मुखमा देउवादम्पती पुनः सिंगापुर पुगे । पार्टी विशेष महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेपछि निष्क्रिय बनेका शेरबहादुर देउवा जीवनको उत्तरार्धमा अन्तिम पटक चुनाव लड्न चाहन्थे । तर, सभापति गगन थापाले तत्कालीन परिस्थितिमा देउवालाई टिकट दिएनन् ।
Read full story at source (nepalpress.com)