बैतडी पुगेका पूर्वाधारमन्त्रीको स्वास्थ्यमा समस्या, हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै
lokaantar.com

सुदूरपश्चिम क्षेत्रको भ्रमणका क्रममा बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको स्वास्थ्यमा समस्या देखिएको छ । मन्त्री लम्साल अस्वस्थ भएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
मन्त्री लम्सालको स्वास्थ्य अवस्था र काठमाडौं फर्काउने तयारीका विषयमा जिल्ला प्रशासन कार्यालय बैतडीकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) मीना अर्यालले मन्त्री लम्साललाई ज्वरो आएको जानकारी दिइन् । ‘उहाँ बिरामी हुनुभएको छ, ज्वरो र खोकी आएर अहिले होटलमै आराम गरिरहनुभएको छ,’ सीडीओ अर्यालले लोकान्तरसँग भनिन्।
Read full story at source (lokaantar.com)