अस्ट्रेलिया भ्रमणमा निस्कियो नेपाल ‘ए’, ‘टप एन्ड टी–२०’ खेल्ने
kendrabindu.com · Sun Aug 16 12:20:25 GMT 2026
काठमाडौँ । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने ‘टप एन्ड टी–२०’ प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गर्ने भएको छ। प्रतियोगिताका लागि छनोट भएको १५ सदस्यीय टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो।
नेपाल ‘ए’ ले अगस्ट २१ देखि ३० सम्म डार्विनमा हुने टी–२० प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता सकिएपछि पनि टोलीले अस्ट्रेलियामै रहेर विभिन्न टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय भएको छ।
Read full story at source (kendrabindu.com)