एमाले आधारभूत वर्ग र समुदायबाट टुट्दै गयोः शंकर पोखरेल
makalukhabar.com · Sun Aug 16 12:21:15 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी आधारभुत वर्ग र समुदायबाट टाढिँदै गएको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेलेल पार्टी सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमतबाहेक वर्ग र समुदायको जनमत पाउन नसकेको बताए । ‘पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिष्ट जनमत होला । पार्टी सदस्य र उसको निकटको सदस्य आधारित जनमत बाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ । त्यसअर्थ अहिले हामीले आधारभुत वर्ग र समूदायबाट पनि टुटेको अवस्थामा छौँ । आधारभूत वर्ग र समूदायबाट हामी किन टुट्यौँ ? भन्ने कुराको सन्दर्भमा कुरा गर्दाखेरी मेरो बुझाई के कुरामा छ त भन्दाखेरी हामी पूर्वाधार विकासमा बढी केन्द्रित भयौँ’ उनले भने ।
Read full story at source (makalukhabar.com)