प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
annapurnapost.com · Sun Aug 16 12:24:24 GMT 2026

काठमाडौँ : भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभिहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरे। एक्स्पोको हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ इ.मास ५ का साथै गतवर्षनै सार्वजनिक भएका इ.मास ७ प्रति अवलोकनकर्ताहरूले विशेष चासो देखाएका थिए। प्रोटोनको स्टलमा गाडी अवलोकन गर्न र यसका विशेषताहरूको बारेमा बुझ्न तथा मूल्य, स्वामित्व र बुकिङका विकल्पहरूबारे थाहा पाउन ग्राहकहरूको उपस्थिति बढेको थियो।
आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएका कम्प्याक्ट इलेक्ट्रिक एसयुभि ‘प्रोटोन इ.मास ५’ ले आफ्नो रियर–ह्विल–ड्राइभ प्लेटफर्म, सामान व्यवस्थापनका लागि स्मार्ट स्टोरेज सुविधा, १४.६ इन्चको फुल(एचडि डिस्प्ले युनिट, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल(टु–लोड (भिटुएल) प्रविधि र जि–ट्र्याक्सन कन्ट्रोल सिस्टमका कारण अवलोकनकर्ताहरूको ध्यानाकर्षण गरेको हो। कम्प्याक्ट बनावट र उपयोगी विशेषताहरूसहित प्रोटोन इ.मास ५ नेपालका सहरी सडकहरूमा दैनिक प्रयोगका लागि उपयुक्त सवारी साधन हो। प्रोटोन इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ३२.९९ लाख र रु. ३६.९९ लाख निर्धारण गरिएको कम्पनीले जनाएको छ।
Read full story at source (annapurnapost.com)