पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
canadanepal.com · Sun Aug 16 13:05:48 GMT 2026

काठमाडौं -सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रमा अध्ययन गर्ने निर्णय गरेको हो।
प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित अध्ययन टोली तीन दिनभित्र प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन्।
Read full story at source (canadanepal.com)