गृह प्रदेशबाट ओलीको हुँकारले तरङ्गित एमाले
ratopati.com · Sun Aug 16 13:15:00 GMT 2026

विराटनगर । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्वले पद छोड्नुपर्ने आवाज उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले भने गृह प्रदेशबाट आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन चुनौती दिएका छन्। उनले आफूलाई कसैले हटाउन नसक्ने सङ्केत पनि गरेका हुन्।
एमालेसँग सम्बन्धित नेतृत्व तहबाटै आइतबारका चारवटा सार्वजनिक कार्यक्रम भए। अध्यक्ष ओलीले आफूविरुद्धको मोर्चाबन्दीलाई अस्वीकार गरिरहँदा पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाइरहेकाहरूले पनि ती कार्यक्रममा आफ्नो आवाजलाई मुखरित गर्ने कोसिस गरे।
Read full story at source (ratopati.com)