सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
nagariknews.nagariknetwork.com · Sun Aug 16 13:02:45 GMT 2026

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकार आफ्ना मागप्रति उदासीन बनेको आरोप लगाउँदै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ। संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ।
संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानका लागि दिइएको समयसीमा समेत सकिएपछि अब पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने संघले जनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)