वीरगन्ज नाकाबाट साउनमा ११ हजार ७१५ टन मल भित्रियो
kendrabindu.com · Sun Aug 16 13:30:50 GMT 2026

वीरगन्ज । धान रोपाइँ तथा बाली व्यवस्थापनका लागि रासायनिक मलको माग बढिरहेका बेला वीरगन्ज नाकाबाट साउन महिनामा ११ हजार ७१५ टन युरिया र डिएपी मल भित्रिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडको वीरगन्ज प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय तीनवटा कन्साइन्मेन्टमार्फत ठूलो परिमाणमा मल वीरगन्ज आइपुगेको हो। कार्यालयका सूचना अधिकारी दिनेश शर्माका अनुसार कन्साइन्मेन्ट नम्बर १५४ अन्तर्गत ५ हजार ४३१ टन डिएपी मल वीरगन्जस्थित कम्पनीको गोदाममा भण्डारण गरिएको छ।
Read full story at source (kendrabindu.com)