कांग्रेस इतरको नेतामा शशाङ्क तोकिएसँगै भेलाको समापनमा गएनन् पूर्णबहादुर र शेखर
ukeraa.com

काठमाडौं : भेला हुँदै सम्मेलनमा बदलिएको नेपाली कांग्रेसको संस्थापन इतर समूहको कार्यक्रमको समापनमा नेता पूर्णबहादुर खड्का र शेखर कोइराला गएनन्। भेला उद्घाटनको दिन मञ्चमा यी दुवै नेता थिए भने सम्बोधन पनि गरेका थिए।
तर पाँच बुँदे निर्णयसहित आइतबार सकिएको सम्मेलनको समापन कार्यक्रममा दुवै नेता उपस्थित भएनन्। विशेष महाधिवेशनबारे विवाद सुरु भएदेखि नै १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित खड्काले कार्यवाहक सभापतिको रूपमा देउवा समूहको नेतृत्व गरिरहेका थिए।
Read full story at source (ukeraa.com)