२५० दिनदेखि समुद्रमै कैद : इरान नजिक कसरी थाकिरहेछन् अमेरिकी सैनिक ?
ratopati.com · Sun Aug 16 13:45:00 GMT 2026

अमेरिका–इरानबिच जारी युद्धको असर अब पश्चिम एसियाका युद्धमैदान र स्ट्रेट अफ होर्मुजमा मात्र सीमित छैन । लामो समयदेखि समुद्रमा तैनाथ अमेरिकी सैनिकमाथि पनि यसको गम्भीर असर पर्न थालेको छ । विशेषगरी अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकनमा तैनाथ करिब ५ हजार सैनिक कठिन मानसिक अवस्थासँग जुधिरहेका छन् ।
गत वर्ष नोभेम्बरमा अमेरिकी सैन्य बन्दरगाहबाट निस्किएको यो युद्धपोत २५० दिनभन्दा बढी समयदेखि लगातार समुद्रमा छ । लामो समयसम्म जमिनमा ओर्लिन नपाउनु, युद्धको निरन्तर दबाब, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव, प्लम्बिङ र सरसफाइका समस्या तथा पर्याप्त आराम नपाउँदा सैनिकहरूमा शारीरिक र मानसिक थकान बढेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।
Read full story at source (ratopati.com)