मन्त्री लम्साललाई नेपाली सेनाको स्काईट्रकबाट काठमाडौं लगिँदै
nagariknews.nagariknetwork.com · Sun Aug 16 13:32:34 GMT 2026

सडक अनुगमनका क्रममा सुदूरपश्चिम प्रदेशको बैतडी रहेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि उनलाई बैतडीबाट हेलिकोप्टरमार्फत धनगढी विमानस्थल लगेर काठमाडौं पठाउन लागिएको हो।
धनगढी विमानस्थलबाट नेपाली सेनाको स्काईट्रकबाट काठमाडौं लैजाने तयारी गरिएको प्रहरीले बताएको छ। मन्त्री लम्साल आइतबार दार्चुलाबाट बैतडी पुगेका थिए। बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)