कोशीमा नेकपालाई मन्त्री छान्न सकस, १७ सांसदमध्ये १५ जना आकाङ्क्षी
nepalpress.com · Sun Aug 16 13:49:02 GMT 2026

विराटनगर । सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच कोशी प्रदेश मन्त्रिपरिषद विस्तार सोमबार सम्ममा गर्ने भनेर भएको सहमति कार्यान्वयन हुन सकेन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रीपरिषद विस्तारमा सकस भएको हो ।
कोशी प्रदेश सभामा रहेका नेकपाका १७ जनामध्ये १५ जना प्रदेशसभा सदस्यहरू मन्त्रीका आकाङ्क्षी बनेका छन् । हिजो बसेको नेकपा संसदीय दलको बैठकमा १५ जनाले मन्त्री बन्न पाउनुपर्ने दाबी गरेको श्रोतले बतायो । संसदीय दलका नेता इन्द्र आङ्वो र इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मात्र मन्त्रीमा दाबी गरेनन् ।
Read full story at source (nepalpress.com)