शिव परियार र समीक्षा अधिकारी अमेरिकामा ‘दशैं–तिहार धमाका’ गर्दै, मुक्ति एन्ड रिभाइभलको पनि टुर
arthadabali.com · Sun Aug 16 14:21:30 GMT 2026

काठमाडौं / चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारी सांगीतिक प्रस्तुति लिएर अमेरिकाका विभिन्न सहरमा पुग्ने भएका छन् । थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा उनीहरूले ‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ गर्न लागेका हुन् ।
उनीहरूसँगै नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि आफ्नो ३० वर्षे सांगीतिक यात्राको उत्सव मनाउँदै अमेरिकाका विभिन्न सहरमा विशेष प्रस्तुति दिने भएको छ । दुवै कार्यक्रममार्फत अमेरिकामा रहेका नेपाली समुदायलाई मनोरञ्जनसँगै नेपाली कला, संगीत र संस्कृतिसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
Read full story at source (arthadabali.com)