प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ SP पवनकुमार भट्टराई
barnanmedia.com · Sun Aug 16 14:41:09 GMT 2026

पर्सा जिल्ला प्रहरी प्रमुख SP पवनकुमार भट्टराईले प्रहरीको नाममा सेवाग्राहीसँग रकम असुल्ने बिचौलिया तथा अन्य व्यक्तिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
SP भट्टराईले प्रहरीबाट प्रदान गरिने कुनै पनि सेवाका लागि सेवाग्राहीले एक पैसा पनि तिर्नु नपर्ने स्पष्ट पारेका छन्। प्रहरीको नाममा बिचौलियाले एक रुपैयाँसमेत असुलेको प्रमाणित भए तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गरिने उनले बताएका छन्।
Read full story at source (barnanmedia.com)