एनएसजेएफ पिपल्स च्वाइस अवार्डमा पाँच अनुहार, भोटिङको प्रक्रियामा नयाँ शैली
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा पर्नेमा भलिबलकी मिना सुनार, फुटबलर पूजा राना, कराते खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स, एमएमएका रविन्द्र ढाँट रहेका छन् ।
आइतबार नै मञ्च र विद्युतीय भुक्तानीका लागि सेवाप्रदायक कम्पनी खल्ती बाई आईएमईबीच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । सम्झौता पत्रमा खल्ती बाई आइएमईकी मेनेजर पूजा धामी र मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरे ।
Read full story at source (hamrakura.com)