जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यु होराइजन च्याम्पियन
neplays.com · Sun Aug 16 15:09:00 GMT 2026
काठमाडौं। पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ।
काठमाडौंको बुढानीलकण्ठस्थित कपअन स्पोटर््स सेन्टरमा आइतबार भएको प्रतियोगिता न्यु होराइजन च्याम्पियन भएको हो । जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु होराइजनले तिरुपाती एचआर सोलुसन प्रालीमाथि ६–० को सहज जित रच्यो । न्यु होराइजनका सुदीप लिम्बूले ह्याट्रिक पूरा गरे । टीका मगर र अनमोल राईले एक गोल थपेपछि न्यु होराइजनले सहज जित रचेको हो । युकिगुनी एजुकेसनल कन्सल्टेन्सीले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । युकिगुनीले तेस्रो स्थानका लागि भएको खेलमा लोमस अब्रोड स्टडी प्रालीलाई ६–० ले हराएको थियो ।
Read full story at source (neplays.com)