सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
सुदूरपश्चिम । सुदूरपश्चिममा राति साधारणतया मौसम बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पुदूरपश्चिमका हिमाली, क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Read full story at source (hamrakura.com)