जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री
barnanmedia.com · Sun Aug 16 15:18:46 GMT 2026

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ ।
प्रदेश सरकारले आज खाद्यान्नसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो । एक सय ५० थान त्रिपाल, कम्बल ३५० थान, बल्याङ्केट १८५ थान, टेन्ट २० सेट, पिफर्म, प्लास्टिक, चार क्विन्टल चामल, २०० प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)