सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
khabarhub.com · Sun Aug 16 15:33:57 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पुदूरपश्चिमका हिमाली, क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Read full story at source (khabarhub.com)