शंकर पोखरेल भन्छन्- पहिले पार्टी बलियो बनाऔँ, एकता पछि गरौँला
nepalnews.com · Sun Aug 16 15:41:59 GMT 2026

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्।
काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा उनले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको बताए। फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने उनको धारणा छ।
Read full story at source (nepalnews.com)