कृषि सामग्री कम्पनीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री
ratopati.com · Sun Aug 16 16:03:37 GMT 2026

तनहुँ। कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा दुई हजार ७०० मेट्रिकटनभन्दा बढी मल बिक्री गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ७६६ दशमलव ६७ मेट्रिकटन मल बिक्री गरेको हो ।
कार्यालय प्रमुख विजया बास्कोटाका अनुसार तनहुँमा एक हजार ९०३ दशमलव शून्य ७५ मेट्रिकटन र लमजुङमा ८६३ दशमलव ६०० मेट्रिकटन मल बिक्री गरिएको छ। उक्त अवधिमा युरिया, डिएपी, पोटास र चुन मल बिक्री गरिएको उनले बताए।
Read full story at source (ratopati.com)