इतर समूहको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति कांग्रेस संस्थापन पक्षको आपत्ति
nepalpress.com · Sun Aug 16 16:04:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति पार्टीको संस्थापन पक्षले आपत्ति जनाएको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले इतर समूहको राष्ट्रिय सम्मेलन भनिएको भेलाबाट पारित प्रतिवेदनप्रति आपत्ति जनाएका हुन् । उनले इतर समूहका निर्णयलाई केन्द्रीय समिति बैठकले नजिकबाट नियालिरहेको बताए ।
Read full story at source (nepalpress.com)