विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता
khabarhub.com · Sun Aug 16 16:17:21 GMT 2026

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न विधि प्रयोग गरी शनिबार र आज विजयपुर खोला र सेती नदी आसपास खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको हो ।
स्याङ्जा स्थायी घर भई पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङ र चाउथे बस्ने १५ वर्षीय ओमन राईलाई खोलाले बगाउँदै दुवै जना बेपत्ता भएका थिए । बेपत्ता बालकको अवस्था पत्ता लाग्न नसक्दा परिवार चिन्तित बनेका छन् ।
Read full story at source (khabarhub.com)